बाँके, गत आर्थिक वर्ष ०८२/०८३ मा १९३नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थितसाइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् ।
तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए । उनका अनुसार पहिचान भएकामध्ये ६२ प्रतिशतबिरामीमा कुष्ठरोगको कीटाणु पत्ता लागेको हो । बाँके, बर्दिया र अन्य पहाडीजिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आएका बिरामीमा उक्त रोगका कीटाणु देखिएको थियो । “बाँके जिल्लामा कुष्ठरोग प्रकोप दर घटेको छैन, प्रत्येक वर्ष नयाँ बिरामी फेलापर्ने दर बढ्दै गएको छ”, अस्पताल प्रमुख थारुले भने, “लुम्बिनी प्रदेशमै बाँके उच्चजोखिममा रहेको छ ।”साइनिङ अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथाउपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर,स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम,निःशुल्क उपचार सेवालगायत गतिविधि गर्दै आएको छ ।
आर्थिक वर्ष ०८१/८२ मा १७४ र ०८०/८१ मा१४६ नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागिपठाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले समाजमा कुष्ठरोगीलाईगरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको बताउँदै राज्यले जनचेतना जगाउन र नयाँबिरामी पत्ता लगाउन थप नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।सरकारकोकुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकोले सरकारी स्वास्थ्य संस्था नयाँबिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता छ ।


