Shittalpati
आइसोलेसनमा मृत्यु भएका थापाको परिवारलाई क्षतिपूर्ति दिन सांसद रानाको माग

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश पाँचका सांसद बीरबहादुर रानाले मंगलवार एक विज्ञप्ती जारी गर्दै रिब्दीकोट गाउँपालिका–५, कुसुमखोला स्थायी घर भई सैनामैना नगरपालिकामा अस्थायी बसोवास गर्दै आएका ३४ वर्षीय बाबुराम थापाको वुटवलमा उपचारको क्रममा भएको मृत्युले आफुलाई अत्यन्तै दुखित तुल्याएको बताएका छन् । रुपन्देहीको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचारार्थ थापा सामान्य बिरामी भई बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा चैत १३ गते भर्ना भएका थिए ।

भर्ना भएका उनको उचित उपचार पाउन नसकी मृत्यु भएको खबरले मर्माहत तुल्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सामान्य ज्वरो,रुघाखोकी लाग्दैमा जो सुकै नागरिकलाई कोरोनाको आशंकामा क्वारेन्टाइन र आइसोलेसनमा राख्दा पुनः अन्य नागरिकले अकालमा ज्यान गुमाउन पर्ने अवस्था नदोहोरियोस् भन्दै संघीय, प्रदेश र स्थानीय सरकारबाट क्षतिपुर्ति र परिवारमा उचित राहतको व्यवस्था गर्न सांसद रानाले माग गरेका छन् । उनले यस दुःखद् घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् । सांसद रानाले भनेका छन् ‘यस्तो अवस्थामा बिरामीको कोरोना संक्रमण नभई अन्य कारणले मृत्यु हुने अवस्था आउनु दुःखद भएकाले अन्य स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइन र आइसोलेसन वार्डप्रति पनि गम्भीर प्रश्न उव्जाएको छ ।’

 

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update