Shittalpati
नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप

पाल्पा, राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरेर ल्याइएको नेपालकै पहिलो एप हो ।

अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छने कम्पनीले बताएको छ । यस एपमार्फत बालबालिकाहरूले कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किममार्फत बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । ‘नबिल जेन अल्फा’ बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउने बैंकको अपेक्षा छ । बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर गर्न सक्नेछन् ।

यस्तै, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धति खातामा जम्मा तथा बालबालिकाहरूलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्तिपछि पुरस्कृत पनि गर्न सकिने बताइएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update