Shittalpati
मजदुर र विपन्न वर्गलाई रैनादेवी गाउँ सरकारले राहत प्रदान गर्ने

पाल्पा(छहरा),जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले मजदुर र विपन्न वर्गका परिवालाई राहतको प्याकेज लिने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैंठकले विश्वप्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी जिवीकोपार्जन गर्ने मजदुर र विपन्न वर्गका परिवारलाई राहतको प्याकेज लिने निर्णय गरेको हो । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई राहत प्रदान गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रामबहदुर कार्कीले बताए । गाउँपालिकाले लगत संकलन पछि विपन्न मजदुर वर्गलाई अत्यावश्यक खाद्यान्न सहयोग गर्ने छ । गाउँपालिकाले प्रति घरपरिवार १५ दिनका लागि ३० केजी चामल,५ केजी दाल, १ लिटर तेल, १ केजी नुनका दरले वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए ।

गाउँपालिकाले रहात पाउनका लागि निश्चित मापदण्ड समेत बनाएको छ । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने,घरमा कुनै रोजगारीमा संलग्न नभएको साथै खेतिपातवाट ३ महिना मात्र खान नपुग्ने परिवार हुनुपर्ने,अपांङ्ग भै आम्दानी कुनै पनि स्रोत नभएको, अभिभावक नभएका वालवालिका हुनपर्ने,७५ वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिकहरूको परिवार हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए । उनका अनुसार राहत वितरणका लागि वडापालिकाले सोमबारसम्ममा तथ्यांक संकलन गरी निर्वाचित जनप्रतिनिधि तथा दलका अध्यक्ष वा प्रतिनिधि समेतको बैठकले निर्णय गरी कार्यालयमा पठाउने र त्यस पछि तत्काल राहत वितण गरिने छ ।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update