इमान सिं राना
पाल्पा(रामपुर) निस्दी गाउँपालिकाले कोरोना भाईरस नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता सहित क्षति पुर्तिको घोषणा गरेको छ । सचेतना संगै स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्चराख्नको लागि गाउँपालिकाले नियम अनुसारको प्रोत्साहन भत्ता र कोराना नियन्त्रणको क्रममा ज्यान गएमा गाउँपालि १० लाख सम्मको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले कोरोना भाईरस विरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरु थप जोखिममा रहेकाले कार्य सम्पादनमा हौसला थप्न सो निर्णय गरिएको बताए । गाउँपालिकाले अहिले अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रहरीको समन्वयमा वडावडामा सचेतना कार्यक्रम गरिहेको जनाएको छ ।
सचेतना अभियानमा खटिएको टोलीले गाउँपालिकामा चैत्र महिना भित्रमा भारत तथा अन्य मुलुक बाट आएका नागरिहरुको घरघरमै पुगेर स्वास्थ्य जाँच सहित घरमै बस्न सुझाव दिएको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताए । उनका अनुसार निस्दीमा अहिले सम्म ७० जना अन्य देश बाट फर्किएको फेला परेको छ । गाउँपालिकाले उनीहरुको नियमित स्वास्थ्य जाँचको लागि २ वटा गन थर्म्मिटर, डिजिटल थर्मो्मिटर र स्वास्थ्यकर्मीको लागि एप्रोनको व्यवस्था गरेको छ । स्वास्थ शाखा संयोजक दिशाले होम क्वारेन्टाईनमा बसेका नागरिकहरुको ज्वरो परिक्षणको लागि गन थर्म्मिटर सिमीत भएकाले यदि कसैलाई ज्वरो आएमा नियमित परिक्षणको लागि १ वटा थर्म्मिटर उपलब्ध गराउने व्यवस्था मिलाएको बताए ।