Shittalpati
दैनिक मजदुरी गर्दै आएकाहरुलाई इस्लामिक समाजद्वारा खाद्यान्न सहयोग

इमान सिं राना
पाल्पा(रामपुर), विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सरकारले घोषणा लकडाउनको प्रभाव देशैभर परेको छ । बजार तथा गाउँमा मानिसहरु आवतजावत नभएका कारण सुनसान बनेको छ । महामारिबाट जोगिन स्थानीयहरुले पनि सतर्कर्ता अपनाउँदै आएका छन् । संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनले ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेका परिवार भने प्रत्यक्ष मारमा परेका छन् । उद्योग तथा निर्माण क्षेत्रका काम ठप्प बनेको छ । यस संगै खाद्यसामग्री आपुर्ति नहुनु र त्रासले पसलहरु बन्द हुँदा उनीहरुको दैनिकी थप कष्टकर बनेको छ ।

दैनिक ज्यालाको आधारमा जिविको पार्जन गर्दै आएका स्थानीयहरुको सहजताका लागि केही संघ संस्थाहरुले अभियानको थालनी गरेका छन् । शुक्रबार इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पाले रामपुर क्षेत्रका १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनबाट प्रभावित श्रमजीवी १४ परिवारलाई शुक्रबार दाल,चामल, च्युरा, तेल र नुन लगाएतका खाद्यान्न हस्तान्तरण गरेको हो । समाजले समाजसेवी व्यक्तित्वहरुको सहयोगमा खाद्यान्न खरिद गरी वितरण गरेको छ ।

पहिलो चरणमा १४ जना परिवारलाई प्रतिपरिवार १० केजी चामल, २ केजी चिउरा, २ केजी दाल, २ लिटर खाने तेल, १ केजी चिनी र १ केजी नुन वितरण गरिएको समाजका अध्यक्ष ल्याकत अलीले जानकारी दिए । उनका अनुसार इस्लामिक सक्रिय युवा समाजले पाल्पा रामपुरका कम्तीमा ५० परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्ने अभियानको थालनी गरिएको बताए । उनले भने, ‘विश्व नै महामारीको चपेटामा रहेको छ । यस संगै दैनिक ज्यालादारी मजदुरहरुमा थप समस्या नपरोस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको हो । ’ समाजका सदस्य रहिम मियाँले विदेशमा रहेका संस्थाका सदस्य र स्थानिय समाजसेवीहरुको विशेष सहयोगमा खाद्यान्न वितरण गरिएको बताए । यस्तै समाजले नगरका विभिन्न स्थानमा सचेतनामुलक माईकिङ्ग पनि गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update