Shittalpati
पाल्पामा ३७ जना क्वारेन्टाइनमा

कृष्ण पोखरेल
पाल्पा, पाल्पामा ३७ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन । क्वारेन्टाइन वेड सेवा शुरु भएकै दिनमा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको क्वारेनटाइनमा ३७ जना व्यक्ति बसेका हुन । तानसेन नगरपालिकाको वडा नंं ६ बर्तुङ्गको जनप्रिय माध्यमिक विद्यालयलमा सञ्चालन भएको ५० वेडमा २६ जना व्यक्ति क्वारेन्टाइनमा राखिएको हो । जसमा पुर्वखोला गाउँपालिकाका २२ जना रहेका छन् भने बाग्लुङ्ग जिल्लाका ४ जना रहेका छन् । यसै गरी बगनासकालीको ग्राम्य माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ११ जना व्यक्ति राखिएको छ ।

जसमा रामपुर नगरपालिकाको ९ जना र २ जना रिव्दीकोट गाउँपालिकाका व्यक्ति रहेका छन् । क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरु भारतको विभिन्न प्रान्तबाट नेपाल आएका हुन । भारतको विभिन्न नाकाबाट बुधवार राती पाल्पा आइपुगेका ति व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको, उनीहरुको मेडिकल चेकजाँच भईरहेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले बताए । शंकास्पद व्यक्तिहरुलाई तानसेनको क्वारेन्टाइनमा राख्ने अन्य व्यक्तिहरुलाई सम्वधित गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने गरी काम भईरहेको नगर प्रमुख शाहीले बताए ।

पाल्पामा २ सय ६५ बेडको क्वारेन्टाइन तयार गरिएको छ । पाल्पाका सबै पालिकाहरुले भारत तथा अन्य देशबाट आएका व्यक्तिहरुको डाटा संकलनको काम गर्दै आएका छन् । रिव्दीकोट गाउँपालिका भित्र एकहप्ताको अवधीमा भारतबाट मात्र १ सय २५ जना र अन्य मुलुकबाट २० जना नागरिक आएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update