Shittalpati
नेप्से परिसूचकको पहिरो जारी

काठमाडौं, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अड्ढले ओरालो लागेर एक हजार ९ सय ७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अड्ढले ओरालो लागेर ३ सय ८१.१४ मा ओर्लेको छ । कूल २ सय २० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता शेयर ७३ करोड ६३ लाख १२ हजार १ सय ५८ मूल्यमा खरिद बिक्री भए । शुक्रबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजार बराबरको कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०.०१ अड्ढले उकालो लाग्यो । त्यस्तै, बैंकिङ ५.०८, व्यापार ९.४२, होटल तथा पर्यटन १५.९, विकास बैंक १४.२१, जलविद्युत् १८.६९, वित्त ८.३८, निर्जीवन बीमा १८.५८, उत्पादन ८.११, अन्य ८.२, लघुवित्त १.८१, जीवन बीमा २.९४ र लगानी ०.३७ अड्ढले उकालो लाग्यो । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड १४ लाख ७० हजार ८ सय ७९ बराबरको कारोबार भयो ।

त्यस्तै, सेञ्चुरी बैंक छ करोड ४७ लाख ९४ हजार १ सय ८, एनसीसी बैंक रु चार करोड नौ लाख २३ हजार, कुमारी बैंक दुई करोड ८६ लाख २९ हजार २ सय ४९ र लक्ष्मी बैंक दुई करोड २६ लाख ३७ हजार १ सय ६४ बराबरको कारोबार भई शीर्षपाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ४.०२, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्स ३.०६ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले २.५६ प्रतिशतले कमाएका छन् । त्यस्तै, रिभर फल्स पावर लिमिटेड ५.९३, बुद्धभूमि नेपाल हाइड्रोपावर ४.६४, सि·टी हाइड्रोपावर ४.३४, गणपति लघुवित्त ३.८९ र माउण्टेन हाइड्रो पावरका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् । –रासस

 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update