Shittalpati
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल

पाल्पा, पहिलो पाँच वर्ष सकिएसँगै जिल्लाको तिनाउ गाउँपालिकाले आवाधिक योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । पालिकाको सक्रियता र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा पाँच वर्षे आवधिक योजना निर्माणका लागि मसौदा माथि छलफल भएको हो ।

गाउँ पालिकाको दीगो विकासका लागि योजना निर्माणमा सहज हुने सोचका साथ आवधिक योजनाको मसौदा माथि छलफल थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताए ।

पालिकाको विकासका योजना निर्माणमा नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुलाई सहज हुने भएकाले आवधिक योजना निर्माणका लागि छलफल आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार यो कार्यक्रमका लागि ईन्टन्सिप रिसर्च एण्ड स्टडी सेन्टर काठमाडांैले प्राविधिक सहयोग गरेका कारण पनि सहज भएको हो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा विकास योजना निर्माण, कार्यशुभारम्भका चरण, त्यसको वातावरणीय असर, योजना निर्माणदेखि सम्पन्न नहुँदासम्म ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update