Shittalpati
विद्यार्थीलाई घर फर्कन स्थानीय तहले गरे गाडीको व्यवस्था

पाल्पा, माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएपछि समस्यामा परेका विद्यार्थीहरुलाई घरसम्म पुग्नका लागि जिल्लाका केही स्थानीय तहहरुले निःशुल्क गाडीको व्यवस्था गरेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले अन्तिम समयमा एसइई परीक्षा स्थगित गरेपछि ऋण धन गरेर कोठामा भाडाँमा लिएर बसेका विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै जिल्लाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले घर फर्कनका लागि बिहीबार निःशुल्क रुपमा गाडीको व्यवस्था मिलाएका थिए । बगनासकालीमा विभिन्न स्थानबाट परीक्षा दिन आएका विद्यार्थीहरुलाई घर पु¥याउनका लागि गाडीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

उनका अनुसार दर्लामडाँडामा परीक्षा केन्द्र परेका राम माविका विद्यार्थीहरुलाई घरसम्म पुर्याइएको थियो । आवश्यक परे गाउँपालिकामा गाडीको लागि जानकारी गराउन सम्बन्धित विद्यालयका प्रअहरुलाई अध्यक्ष बस्यालले आग्रह गरेका छन् । यता तानसेन नगरपालिकाले पनि विद्यार्थीहरुलाई घरसम्म लैजानका लागि गाडिको व्यवस्था मिलाएको थियो । तानसेनमा विभिन्न स्थानबाट परीक्षा दिन आएका विद्यार्थीहरुलाई घर सम्म पु¥याउनका लागि गाडीको व्यवस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्वासेले बताए । उनका अनुसार तानसेनमा सेन्टर परेका तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका, रामपुर नगरपालिकाका विद्यार्थीहरुलाई घरमै पु¥याउने गरी गाडिको व्यवस्था गरिएको थियो । नगरपालिकाले सम्बन्धित विद्यालयका प्रअहरुलाई गाडिको व्यवस्था गरी घरसम्म पुर्याउन र लागेको खर्च नगरपालिकाबाट भुक्तानी गर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत बेल्वासेले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update