पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । भाइरसबाट जोगिन गाउँपालिकाले सेवाग्राहीलाई हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य चेकजाँच गर्न थालेको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना सहित हेल्थडेक्स राखेर सचेतना कार्यक्रमहरु गर्दै आएको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले बताए । कोरोनाको जोखिमले जताततै सन्त्रास बढेका बेला गाउँगाउँपालिकाले विभिन्न वडाबाट सेवा लिन आएका सेवाग्राहीहरुलाई बाहिर स्वाथ्यकर्मीहरुको टोली राखेर स्वास्थ्य परीक्षण गर्ने र उनीहरुलाई सूचनामुलक गतिबिधि सहित प्रर्चा पमप्लेट समेत दिइने गरेको प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए ।
गाउँपालिका भित्रका सबै वडामा हेल्थ डेस्क राखेर सावधानीतर्फ सचेत गराउन घरदैलो अभियान सञ्चालन गरिएको र संक्रमण लागीहाले आम मानिसहरुको आत्मबल बढाउने र कोराना भाईरस लाग्नबाट बच्ने उपाय, भाइरस सर्ने कारण, देखिने लक्ष्यण, र पूर्व तयारीका बारेमा जानकारी दिइने गरिएको स्वाथ्य शाखा प्रमुख जीवन रानाले बताए । गाउँपालिकाले केहि दिनदेखि नै माक्स सहित कोरोना विरुद्ध जनचेतनामुलक पर्चा,पोष्टरहरु बाढेर कोरोना विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।