त्रिविका सबै परीक्षा स्थगन

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले चैतमा तय गरिएका सबै परीक्षा स्थगन गरेको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको आकस्मिक बैठकले शुक्रबारदेखि लागू हुने गरी सबै तहको परीक्षा स्थगन गर्ने निणर्य गरेको उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।
‘त्रिविबाट सञ्चालित सबै परीक्षा भोलि (शुक्रबार)देखि स्थगित गरिएको छ,’ बाँस्कोटाले भने,‘अर्काे सूचना नआउन्जेल परीक्षा हुँदैन ।’ सरकारले चैत ६ गते नै सुरु हुने एसइईलगायत सबै परीक्षा र पठनपाठन बुधबार नै स्थगित गरेको थियो । त्रिविले बिहीबारको परीक्षा भने सुचारु गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्