
इमान सिं राना
पाल्पा (रामपुर), जिल्लाको रामपुर स्थित एक घरबाट जुवा खेलिरहेका ५ जना जुवाडेलाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको छ । मंगलवार साँझ करिब ५ वजेको समयमा रामपुर नगरपालिका ७ डुम्रीगाउँमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण लिई बुधबार जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको हो । उनीहरुलाई जुवा ऐनअनुसार कारवाही गर्न मुद्दा दर्ता गरी थप अनुसन्धा गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए ।
रामपुर ७ डुम्रीगाउँ स्थित यमबहादुर सारुको घरमा जुवा खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको टोलीले तीन बुक तास र ४१ हजार ४ सय २२ रुपैयाँ रकम सहित प्रक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामपुर नगरपालिका ७ डुम्रीगाउँ बस्ने ३८ वर्षीय यमबहादुर सारु, सोही ठाउँकै २९ वर्षीय रामबहादुर श्रेष्ठ, ३८ वर्षका ओमबहादुर मश्राङ्गी, ४२ वर्षका झविलाल विक र ४० वर्षीय चेतबहादुर मल्ल रहेका छन् । गत फागुन २ गते पनि प्रहरीले रामपुर ५ रानाटोलबाट एक लाख बढी नगद सहित १४ जनालाई जुवाको खालबाट पक्राउ गरेको थियो । प्रहरीले नगद १ लाख ३ हजार २ सय ८५ रुपैयाँ सहित ८ बुक तास जफत गरेको थियो ।