
काठमाडौँ, सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुनेएसईई परीक्षा हालका लागि स्थगित गरिएको कान्तिपुरलाई बताए ।
यसअघि सरकारले प्रत्येकएसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारीगरेको थियो । त्यस्तै,उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेकोकोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेकोबैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउनेपनि निर्णय गरेको छ। त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्मसिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएकोछ ।
साभार ः ईकान्तिपुर डटकम