पाल्पा (एजेन्सी), बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप सिद्धार्थ बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै आएको छ । १ सय ८४ वटा शाखा विस्तार गरिसकेको बैंकले १ सय ८५ औं शाखाको रुपमा रुपन्देहीको खैरेनीमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकि· सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८५ (३ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ ।
बैङ्कले १ सय १ शाखारहित बैङ्किङ्ग सेवा, २ सय ५ एटिएम र १ हजार ६ सय भन्दा बढी पस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवा मार्फत् उच्चस्तरीय बैङ्किङ्ग सेवा प्रदान गर्दै आएको छ । विस्तारित शाखा सञ्जालबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ ।
बैंकले सम्भाब्यताको आधारमा क्रमैसँग आफ्नो शाखाहरु विस्तार गरिरहेको छ । निकट भविष्यमा नै बैंकको पुहँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ ।