भरुवा बन्दुक सहित व्यक्ति पक्राउ

बुटवल, भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका –९ चौवाका ६० वर्षीय राम समुझ थारु भरुवा बन्दुक सहित पक्राउ परेका हुन् । उनको गोठबाट ५ थान लोड भएका एक नाले भरुवा बन्दुक बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी दाङले जनाएको छ ।
प्रहरीले आइतबार विशेष सूचनाका आधारमा थारुको गोठ खानतलासी गर्दा गोठको छानो मुनि प्लाष्टिकले छोपी लोड गरी लुकाई राखिएको अवस्थामा फेला पारेको हो । बरामद गरिएका भरुवा बन्दुकहरु र थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्