Shittalpati
सडक बन्दले यात्रुलाई समस्या

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तानसेन–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि सडक बन्द गरिदा यात्रु समस्यामा परेका छन् । सिद्धार्थ राजमार्ग शनिबारदेखि फरक–फरक समयमा दैनिक ८ घण्टा बन्द भएपछि यात्रुले समस्या भोग्नु परेको छ । तानसेन–बुटवल सडक खण्डको सडक साँघुरो र घुम्तीका कारण अत्याधिक दुघर्टना भएपछि सडक डिभिजन कार्यालयले घुम्ती काट्ने क्रममा सडक बन्द गरेको छ । बिहान ७ देखि ९ बजेसम्म सडक बन्द भइरहेको छ भने दिउँसो १२ देखि ३ बजेसम्म पनि सडक बन्द गरिएको छ । राति ८ बजेदेखि ११ बजेसम्म पनि सडक बन्द गरेर निर्माणको कामलाई निरन्तरता दिएको छ ।

सडक स्तरनोतिका लागि सडक विभागले १२ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गर्ने जनाएको छ । शनिबार बुटवल हिडेका गुल्मी इस्माका विक्रम मल्ल बाटो बन्द रहेको जानकारी नुहँदा साढे दुई घण्टा बाटो मै रोकिनु परेको बताए । विहान १२ः३० बजे तानसेन आईपुगेका उनी बाटो बन्द भएको खबर पाएका थिए । मोटरसाईलमा आएका उनले बाटो बन्द भएको जानकारी पाएपछि साढे दुई घण्टा बाटोमै रोकिनु परेको बताए । मल्लले भने ‘२ बजे बुटवल पुग्नु थियो, प्राप्त सूचना नहुँदा समस्या भोग्नु पर्‍यो ।’

उनले मात्र होइन अधिकांश यात्रुले सडक बन्दले गन्तव्यमा पुग्नका लागि समस्या भोग्नु परेको छ । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गरिए पनि दिउँसोको ३ घण्टा समय बढी भएको यात्रुले गुनासो गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update