बगनासकालीको एक होटलमा महिला मृत फेला

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका १ घोरबन्दको एक होटलमा महिला मृत अवस्थामा फेला परेकी छन् । होटल पिस पोइन्टमा सोही ठाउँकी ४० वर्षकी शोभा महर्जन भट्टराई मृत फेला परेकी हुन् ।
भट्टराई भाडामा लिएको आफ्नै होटलमा बिहीबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बेलुकी खाना खाएर सकुशल आफ्नै कोठामा सुत्न गएकी भट्टराई विहान १०ः३० बजेसम्म पनि नउठेपछि छोराले बाहिरबाट बोलाउदा समेत नबोलेकाले ढोका फोडी हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको श्रीमान् विशाल भट्टराईं भने कामको शिलशिलामा मंगलबार बुटवल गएको र विहीबार मात्र फर्किएको बुझिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्