Shittalpati
गरिमाले लाभग्राहीलाई दिने भयो १६ प्रतिशत लाभांश

पाल्पा, गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यद्यपि, लाभांशमा लाग्ने कर भने शेयरधनी आफैले तिर्नुपर्ने बैंकले जनाएको छ । बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम ३ अर्व ९४ करोड ८१ लाख ८३ हजार १ सय ५ रुपैयाँ बराबरको चुक्ता पुँजी बाट १६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । यस वर्ष गरिमा विकास बैंकले कुल ६३ करोड १७ लाख ९ हजार २ सय ९६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । सहारा विकास बैंक प्राप्ति पछि हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १ सय ५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकको गत आवबाट प्रस्तावित १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २ सय ९७ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार ४ सय २ रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update