Shittalpati
राष्ट्रिय वाणिज्य बैंकको ‘खल्ती’ एप

पाल्पा, राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । बैंकले प्रयोगकर्ताहरूलाई सेवा दिन नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’सँग साझेदारी सम्झौता गरेसँगै ग्राहकले यो सेवा पाएका हुन् । यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब बिना झन्झट ‘खल्ती’ वालेट मा रकम राखी सबै प्रकारका भुक्तानी गर्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले राष्ट्रिय वाणिज्य बैंकसँग भएको साझेदारीले बैंक तथा वालेटका ग्राहकवर्गलाई सरल र सहज भुक्तानी सेवा मिल्ने दाबी गरेका छन् । ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update