Shittalpati
रेस्टुरेण्टको पहिलो कमाईबाट बीमा

पाल्पा, जन्मदिन, विवाह, पास्नी, खुसीयाली तथा अन्य शुभ दिनहरुमा पश्चिमी संस्कारको सिको गर्दै भड्किलो रुपमा भोज भतेर दिने प्रचलनलाई तोड्दै जिल्लाका एक होटल व्यवसायीले जीवन बीमा गरेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका १ का ऋषिराम न्यौपानेले आफ्नो जन्म दिनको शुभ अवसरमा रेस्टुरेन्ट ब्यवसायको पहिलो कमाईबाट सिटिजन शुभारम्भ पोलिसी खरिद गरी बीमा गरेका हुन् ।

१२ बर्ष बैदेशिक रोजगारमा बिताएर स्वदेश फर्किएका न्यौपानेले साथीहरुसँग मिलेर तानसेनको प्रभासमा ए.आर.बि रेस्टुरेण्ट सञ्चालन गर्दै आएका छन् । उनले आफ्नो ब्यवसायको पहिलो कामाईबाट जन्मदिनको अवसरमा ३० लाख बिमाङ्क रकमको जीवन बीमा खरिद गरेका हुन् । मह जोडी ब्राण्ड एम्बेस्डर रहेको सिटिजन लाइफको डबल सुरक्षा योजना सहितको बीमाले बचत संगसंगै भबिष्यमा हुन सक्ने भौतिक क्षतिबाट परिवारलाई हुन सक्ने जोखिम न्यूनिकरण गर्ने हुदाँ उक्त बीमा पोलिसी खरिद गरेको उनले बताए । एजेन्सी म्यानेजर अबिता नेपालीमार्फत न्यौपानेले उक्त बीमा पोलिसी खरिद गरेको पाल्पा शाखा प्रबन्धक विजय कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update