पाल्पा, मुक्तिनाथ विकास बैंक लिमिटेडले एकै साथ ३२ वटा शाखाको उद्घाटन गरेको छ । बंैंकले आफ्नो १६औं वर्षमा प्रवेशको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो । बैंकले प्रदेश नं १ मा ४ वटा, प्रदेश नं २ मा ३ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको जनाएको छ ।
कार्यालयले उद्घाटनसँगै बैंकले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि प्रतिवद्धता समेत व्यक्त गरेको छ । बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय, कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हुन् ।