
कृष्ण पोखरेल
पाल्पा, रेडक्रस पाल्पाले तानसेन नगरपालिकाका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई महामारी नियन्त्रण सम्बन्धी सचेतना तालिम सञ्चालन गरेको छ । अष्ट्रेलियन रेडक्रस शोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस केन्द्रको प्राविधिक सहयोगमा तानसेन नगरपालिकाका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई टोल–टोलमा फैलिने महामारी नियन्त्रणको विषयमा एक दिने तालिम सञ्चालन गरेको हो ।
नेपाल रेडक्रस शोसाइटी पाल्पाद्वारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्तर्गत टोलविकाका प्रतिनिधीहरुलाई एक कार्यक्रम गरी तालिम दिइएको हो । कार्यक्रममा तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले रेडक्रसले सञ्चालन गरेको तालिम सचेतनाको कारण परिवार, समुदायमा रोग नियन्त्रण गर्न सहयोग पुग्ने बताए । तालिममा आपतकालीन स्वास्थ्य, विश्वव्यापी महामारी, महामारी नियन्त्रण तथा रोकथाम, हावाजन्य रोग, पानीजन्य रोग, खोप, कोभिड १९, मनोसामाजिक प्राथमिक उपचार, दु्रत स्वास्थ्य लेखाजोखा, सामुदायिक स्वास्थ्य नक्साड्ढन, मौसमी पात्रो तयारी लगायतका महत्वपूर्ण विषयहरुमा जानकारी गराएको रेडक्रसका कार्यक्रम अधिकृत विनोद भारतीले बताए । तालिममा सहभागीलाई समुदायमा परिचालनको लागि अनुरोध गर्दै स्वास्थ्य सुरक्षा सामग्रीहरु मास्क तथा सेनिटाइजर समेत उपलब्ध गराईएको थियो । प्रशिक्षणमा वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपाने, बन्दीपोखरा स्वास्थ्य चौकी प्रमुख दिलिप कार्की, शाखाका कार्यक्रम अधिकृत विनोद भारती, प्रशिक्षक कलावती दाहाल, सागर केसीले सहजीकरण गरेका थिए । कार्यक्रममा शाखाका कोषाध्यक्ष भीमसेन कार्की, वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, सहभागीको तर्फबाट पवित्रा तिमिल्सिना र लक्ष्मण गोदारले आफ्नो धारण राखेका थिए । कार्यक्रम शाखाका सभापति बुद्धिप्रसाद शर्माको सभापतित्व र कार्यक्रम अधिकृत विनोद भारतीको सञ्चालनमा भएको थियो ।