Shittalpati
गुल्मीमा तीन वटा कर्मचारी संगठनको अधिवेशन

गुल्मी, गुल्मीमा तिनवटा कर्मचरी संगठनको एउटै मञ्चमा जिल्ला अधिबेशन भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), रािष्ट्रय स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भएको हो ।

नेपाल निजामती कर्मचारी संगठन गुल्मीको अध्यक्षमा भिमलाल खनाल चयन भएका छन् । शनिबार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भएको नेपाल निजामति कर्मचारी संगठन गुल्मीको ११ औँ जिल्ला अधिबेशनले खनालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । त्यस्तै नेपाल स्वास्थ्य प्राविधिक संघ(पान) को जिल्ला अध्यक्षमा रामप्रसाद श्रेष्ठचयन भएका छन् । १० औं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी संघमा प्रेमलाल खनाल चयन भएका छन् । दोस्रो जिल्ला अधिबेशनले खनालको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । तीन वटा संगठनको एउटै मञ्चमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष दधिराम मरासिनीको प्रमुख आथित्यता रहेको थियो । अधिबेशनमा नेपाल निजामति कर्मचारी संगठन कार्यालय गुल्मीका अध्यक्ष वोम अर्यालले संगठनले गरेका काम र चुनौती तथा भावी योजना बारे जानकारी गराउदैँ अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कर्मचारीको हकहितको बारेमा संगठनले निरन्तर काम गरिरहेको अर्यालले बताए । साथै कर्मचारी र नागरिक बिच अझै राम्रो सम्बन्ध हुन नसकेको हुँदा यसलाई अहिले राम्रो बनाएर लैजानुपर्ने नेपाल निजामति कर्मचारी संगठन गुल्मीका अध्यक्ष अर्यालको भनाई थियो । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गुल्मीका अध्यक्ष पुण्यप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको आमूल परिर्वतन आजको आवश्यक रहेको भन्दै अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update