पाल्पा, जिल्लाको तानसेनमा थेरवादबौद्ध धर्म सम्बन्धी प्रशिक्षण कार्यक्रम तानसेनमा भएको छ । थेरवादबौद्ध संघको आयोजनामा एक दिवसीय थेरवादबौद्ध धर्म प्रशिक्षण कार्यक्रम तानसेनको महाचैत्य विहारमा भएको हो । प्रशिक्षणको भारत नागपुरका अतिथि भिक्षु रेवत बोधिमहास्थविरले उद्घाटन गरेका थिए । कार्यक्रममा भिक्षु रेवत बोधिमहास्थविर, भिक्षु ज्ञानेन्द्र स्थविर, सह–प्रा.छत्रराज शाक्य लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण दिदै प्रमुख अतिथि भिक्षु रेवत बोधिमहास्थविर, अतिथि भिक्षु ज्ञानेन्द्र स्थविरले प्रशिक्षण कार्यक्रम समय सापेक्ष र बुहउपयोगी भएको भन्दै थेरवादबौद्ध संघलाई धन्यवाद दिए । त्यस्तै सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट ज्ञानमाला सभामहाचैत्य विहारका अध्यक्ष बुद्धरत्न शाक्य, तानसेन ३ का वडाध्यक्ष महेश लालशाक्य, प्रभाशाक्य र सुरज बौद्धाचार्य लगायतले प्रशिक्षणले थेरवादबौद्ध धर्म सम्बन्धी धेरै कुराहरुको ज्ञान प्राप्त गर्न सफल भएको बताए ।
कार्यक्रममा २४ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष छत्रराज शाक्यको अध्यक्षता, सचिव वीरेन्द्रमान बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।