.jpg)
गुल्मी, गुल्मी जिल्लामा राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शुक्रबार जिल्लाको इस्मा गाउँपालिका वडा २ छल्दी स्थित नमूना निम्न माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको हो । विद्यालयमा पढने ४९ जना असहाय अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा खाजा गरिएको थियो । न्यानो कपडा वितरणका लागि राखिएको कार्यक्रममा इस्मा गाउँपालिका वडा २ का वडाअध्यक्ष टिकाबहादुर रेश्मीले, शिक्षा शाखा प्रमुख लालबहादुर कुँवर, राधा माधव समितिका पदाधिकारीहरुले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
कपडा वितरण गर्दै वडाअध्यक्ष रेश्मीले स–साना विद्यार्थीहरुको लागि चिसो बढिरहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए । उनले विद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा निजी क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए । इस्मा गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर कुँवरले विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढ्न आउन जान मद्दत पुग्ने बताए । विद्यालयमा गरिब, दलित, जनजाति विद्यार्थीले मात्रै अध्यन गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयमा आउँदा एकसरो कपडा समेत लगाउन उनीहरुलाई समस्या पर्दै आएको विद्यालयमा प्रधानाध्यापक यादवप्रसाद पाण्डेले बताए । सदरमुकाम नजिकै रहेपनि विद्यालय बत्तिमुनीको अध्यारो जस्तै भएको पाण्डेले बताए । विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद दिए । विद्यालयलाई यस्तै सहयोग आवश्यक रहेको उल्लेख गरे ।
चिसो बढ्दै गएसँगै असहाय अशक्त विद्यार्थीहरु यस विद्यालयमा रहेको भन्ने थाहा भएपछि न्यानो कपडा वितरण गरेको डिभाइन युथ क्लवका अध्यक्ष गीता घर्तीले बताइन् । डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष घर्तीको भनाई छ । चिसो पढेसँगै असहाय अशक्त विद्यार्थीकोहरुलाई सहयोग गरेर विद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा वितरण गर्दै आएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले बताए । डिभाइन युथ क्लवले जिल्लामा विभिन्न समयमा सामाजिक कार्य अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । क्वलद्वारा विभिन्न समयमा जिल्लाका मठमन्दिरसँगै अर्खले, सिमीचौर, दुबीचौर, दरबारदेबिस्थानमा रहेका विद्यालयमा पुगेर असहाय अशक्त विद्यार्थीलाई न्यानो कपडासँगै शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । न्यानो कपडा वितरण कार्यक्रममा राधा माधव समिति र डिभाइन युथ क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो । राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लव ०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा भन्दा बढी शाखाहरु रहेका छन् ।