Shittalpati
जिल्ला समन्वय समिति गुल्मीले गर्‍यो सहजीकरण बैठक

गुल्मी, मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गुल्मीको पहिलो सहजीकरण बैठक सदरमुकाम तम्घासमा भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवलको आयोजना तथा जिल्ला समन्वय समितिको सहजीकरणमा बैठक गरिएको हो ।

मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षतामा भएको बैठकमा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन संयन्त्रका विषयमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले जानकारी गराएका थिए । बैठकले प्रत्येक पालिकामा मानव अधिकारका पक्षहरुलाई प्रभावकारी कार्यान्वयनका लागि पालिकास्तरीय संयन्त्र बनाउने र त्यसको रिपोर्ट जिल्लास्थित समितिलाई गराउने निर्णय गरेको छ । साथै पालिकामा यसका लागि फोकल पर्सन तोक्ने निर्णय समेत गरेको छ । बैठकमा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी, कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा मगर, चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्री, सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण् गौतम, छत्रकोट गाउँपालिका अध्यक्ष मधुकष्ण पन्त, इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्री, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष मिना भण्डारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, पत्रकार, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update