प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

बुटवल, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उनले भने “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण भने खुल्न सकेको छैन । –रासस
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्