Shittalpati
तानसेनमा पारिवारिक लगत विवरण संकलन

पाल्पा, तानसेन नगरपालिकाले सबै घर परिवारलाई पारिवारिक लगत विवरण संकलन गर्न थालेको छ । संकलन विवरणलाई ‘फेमिली कार्ड’ का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो । नगरपालिकाले १४ वडामा लगत विवरण संकलन गर्न गणक खटाएको हो । नगर प्रमुख अशोककुमार शाहीले प्रविधिमैत्री कार्यालयका रुपमा नगरपालिकालाई विकास गर्नका लागि तथ्याड्ढ संकलन गर्न लागिएको जानकारी दिए ।

नगरपालिका मातहतका कार्यालयलाई पेपरलेस बनाउँदै लैजाने योजना अनुरुप तथ्याड्ढ संकलन थालिएको नगर प्रमुख शाहीले बताए । नगरपालिकाभित्रका सम्पूर्ण कामका लागि प्रयोग हुने गरी फेमिली कार्डको सोंच ल्याएको सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताए । सो कार्डमा व्यक्तिगत तथा पारिवारिक विवरण समावेश गरिएको गैरेले बताए । यस बाहेक पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, वैदेशिक रोजगारी, घरजग्गा, आर्थिक, नगरपालिकाबाट प्रदान गरेका सेवा, सुविधा कार्डमा उल्लेख गरिएको छ । नगर सूचना व्यवस्थापन प्रणाली अन्तर्गत फेमिली कार्ड निर्माण र वितरण गरिन लागेको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताए । फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आइडी नम्बर समावेश गरिनेछ । यसमार्फत नगरपालिकाले सहजरुपमा नागरिकको सूचना प्राप्त गरी कार्य सम्पादन छिटो र सरल हुने विश्वास लिएको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update