Shittalpati
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव

रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा रहेको रिडर्स पब्लिक हाई स्कुलले २९ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । जिल्लाको रेसुङ्गा–८ खानीगाउँ तम्घासमा रहेको विद्यालयले २८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।

मंगलबार विद्यालयको प्राङ्गणमा आयोजना गरिएको वार्षिकोत्सवको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गर्दै रिडर्स पब्लिक हाइ स्कूलले जिल्लामै गुणस्तरीय शिक्षा प्रदान गरी राम्रो नतिजा लिन सफल भएको भन्दै धन्यवाद दिए । यस विद्यालय धेरै क्षेत्रमा अगाडि रहेकोले यसको राम्रो प्रभाव अन्य क्षेत्रमा पनि परेको नगरप्रमुख भुसालले बताए । उनले निजी क्षेत्रका विद्यालयलाई पनि प्रोत्साह गर्नुपर्ने बताए । मेयर भुसालले निजी क्षेत्रबाट सञ्चालित विद्यालयबाट उत्पादित जनशक्तिले पनि देशको विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्‍याउँदै आएको बताए । उनले शिक्षा दुई धारमा विभाजन भइरहेकाले यसलाई एकरुपता बनाएर लैजान आवश्यक रहेको उल्लेख गरे । निजी र सामुदायिक दुवै विद्यालयले दिने शिक्षा गुणस्तर हुनुपर्ने मेयर भुसालले बताए । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरु बीच खेलकुद कार्यक्रम, विजेता खेलाडी विद्यार्थीलाई पुरस्कार वितरण, उत्कृष्ट हाउस सम्मान, कोरोनाको कारण रोकिएको २०७७ को पुरस्कार वितरण, विभिन्न संस्कृति झल्काउने नृत्य लगायतका कार्यक्रम गरिएको थियो ।

पछिल्लो समय जटिल समस्या बन्दै गएको लागुपदार्थ दुव्र्यसनीको विषयमा केन्द्रित रहेर विद्यार्थीहरुले लघु नाटक प्रर्दशन गर्दै यसतर्फ सबै क्षेत्र सजग र सर्तक रहनुपर्नेमा सचेत गराएका थिए । साथै कक्षा ८ मा अध्ययनर विद्यार्थी सौगात घिमिरेले स्थानीय सामग्रीको प्रयोग मार्फत हाइर्डोलिक डोजर बनाएर प्रर्दशन गरेका थिए । उनलाई मेडल, शिल्ड र प्रमाण पत्रले सम्मान गरिएको थियो । सोही अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष गुणानिधि शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले विद्यालयको प्रगति उन्नतीको कामना गर्दै शुभकामना व्यक्त गरे । विद्यालयका कार्यकारी अध्यक्ष तथा संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, रेसुङ्गा नगरपालिका वडा ८ का वडाअध्यक्ष भरत भलामी, वडा १ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद भलामी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष गुणानिधि शर्मा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक सरोज खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रशासकीय संयोजक पुष्कर खड्काले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update