ज्यान मार्ने कसुरमा पक्राउ

पाल्पा, ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।
केही दिन अघि जिल्लाको रामपुर नगरपालिका ६ विजयपुरमा राजु भनिने शुभकान्त पौडेलको पानीको कुलोमा डुबेर मृत्यु भएको थियो । अनुसन्धानको क्रममा उनको मृत्यु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा भएको खुलेको छ । माछा मार्ने क्रममा खोलामा प्रयोग गरिएको विद्युत करेन्ट लागेर पौडेलको मृत्यु भएको अनुसन्धान पछि खुल्न आएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्