Shittalpati
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला

पाल्पा, बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी” एक दिने कार्यशाला गरेको हो ।

विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित किताबी ज्ञान मात्र नभएर औपचारिक कार्यक्रम सञ्चालनका तरिकाहरु तथा प्रखर वक्ताको रुपमा आफ्ना भनाईहरु प्रस्तुत गर्ने शैली विकास गरी विद्यार्थीहरुका भावना र विचार प्रष्ट रुपमा व्यक्त गर्न सक्ने क्षमतामा अभिवृद्धि गर्नको लागि कार्यशालाको गरिएको कार्यशालाका प्रशिक्षक तथा विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले बताए । सो क्रममा पब्लिक स्पिकिङ तथा मञ्चीय उद्घोषणका परिभाषा, प्रकार, प्रभावकारी भाषण र उद्घोषण कलाका शैलीहरुको सैद्धान्तिक ज्ञान दिनुका साथै विद्यार्थीहरुलाई बोल्ने अभ्यास समेत गराइएको थियो । सोसल विङ्गज् इन्चार्ज गम्भिर सारुले संस्थाका पदाधिकारी तथा सदस्यहरुको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धमा अभिमुखिकरण समेत गराएका थिए । ७७ जना विद्यार्थीहरु सहभागी रहेको कार्यशालामा बाल क्लबका सहसचिव निशान घिमिरेको स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रम क्लबका अध्यक्ष विदुषी रेग्मीको अध्यक्षता एवं सचिव बिशन गहतराजको सञ्चालन भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update