
रमेश विश्वकर्मा
गुल्मी, नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवनप्रसाद अधिकारीले राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गरेको बताएका छन् । सदरमुकाम तम्घासमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम अधिवशेनको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले प्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । अन्य सेमिनार, तालिम, गोष्ठी जस्ता क्षेत्रहरुमा खर्च गरिने बजेट प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादनका लागि खर्च गर्न सके धेरै स्वरोजगार बन्ने उल्लेख गरे । उनले प्रयोगात्मक रूपमा रिजल्ट देखिने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको बताए । अधिकारीले भने ‘कुनै एक सिकारुलाई ग्यारेजमा ल्याएर काम सिकाउँदा न्यूनतम पनि ३ वर्षमा दक्ष मेकानिक्सको रुपमा स्वरोजगार बन्छ, तर राज्यको ध्यान यसतर्फ जान सकिरहेको छैन ।’ यस्ता प्राविधिक क्षेत्रहरुमा पर्याप्त बजेट छुट्टाएर तालिम सञ्चालन गर्न सके मात्र पनि रोजगारहरु आफै सिर्जना हुने दाबी गरे । मेकानिक्सहरुलाई समयनुसारका प्रविधि सम्बन्धी जानकारीका लागि यस संस्थाले सिटिभिटीसंग समन्वय गरिरहेको बताए ।
अधिकारीले कोभिड–१९ महामारीको बेलामा सरकारले अटो रिक्सा मेकानिक्सहरुलाई वेवास्ता गरेको बताए । उनले भने, ‘सरकारबाट पनि भुल भयो, राष्ट्रपतिले चढ्ने गाडी मर्मत गर्ने पनि मेकानिस्क हो । डाक्टर चढ्ने गाडी र एम्बुलेन्स पनि मर्मत गर्ने मेकानिस्क नै हो । तर मेकानिक्सलाई वेवास्ता गरियो ।’ कोभिड–१९ महामारीमा अटो मेकानिक्सहरू पनि जोखिम मोलेर फ्रन्ट लाइनमै खटिरहेको दाबी गरे । यस्ता विषयमा सरकारलाई संगठनको माध्यमबाट आवाज उठाउँदै आएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख नमबहादुर थापाले अटो रिक्सा मेकानिक्स र ट्राफिक प्रहरीको सम्बन्ध नङ र मासुको जस्तो भएको बताए । उनले दुवैको समन्वयले पनि सवारी दुर्घटना न्यूनिकरण गर्न सकिने बताए ।
नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन लुम्बिनी प्रदेशका कोषाध्यक्ष रामप्रसाद बेल्वासे तथा लुम्बिनी प्रदेश सचिव लक्ष्मण भण्डारीले अटो रिक्सा मेकानिस्कलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकिरहेको बताए । कुनै पनि काम सानो ठुलो नहुने भन्दै मेकानिस्कहरुलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा परिवर्तन आउन नसकेको बताए । गुल्मी यातयात व्यवसायी समितिका महासचिव हिमाल कुँवर, रामु बेलवासे, राजकुमार श्रेष्ठ, कमल श्रीस लगायतको पनि आतिथ्यता रहेको थियो ।
सोही अवसरमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगर कमिटीले पत्रकार मनु सुनारलाई प्रशंसापत्र सहित सम्मान गरेको छ । प्रथम नगर अधिवेशनको अवसरमा पत्रकार सुनारले गुल्मी जिल्लालाई कार्यक्षेत्र बनाई सार्वजनिक जनचासोका समचारहरुलाई उजागर गर्दै मोफसलको पत्रकारितामा योगदान पु¥र्यानुका साथै अटो क्षेत्रमा नेपाल अटो रिक्सा मेकानिक्स टे«ड युनियन गुल्मीले खेलेको भूमिकालाई महत्वका साथ प्रशारण गरी सहयोग पु¥र्याएको भन्दै सम्मान गरिएको हो । सोही अवसरमा सञ्चारकर्मी सुनिल थापालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन लुम्बिनी प्रदेश सदस्य ईश्वरीप्रसाद कंडेलको अध्यक्षता रहेको कार्यक्रममा पशुपति पाण्डेको स्वागत मन्तव्य तथा प्रकाश मरासिनीको सञ्चालन रहेको थियो ।
नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनबाट उत्तम बहादुर कुँवरलाई (हिमाल) अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पशुपति पाण्डे, सचिव प्रकाश मरासिनी, सह–सचिव प्रतिक श्रेष्ठ, कोषाध्यक्ष दशरथ श्रेष्ठ, सदस्यहरुमा विक्रम सुनार, माधव केसी, लक्ष्मण कुँवर, हेमराज पाण्डे, प्रेम प्रसाद श्रेष्ठ निर्वाचित भएका हुन् । सल्लाहकारमा महेशकुमार राज भण्डारी, किरण कुँवर र कृष्णबहादुर सुनार चयन भएका छन् ।
सोही अवसरमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन मालिका गाउँकमिटिको पनि अधिवेशन गरिएको छ । अधिवेशनद्वारा अध्यक्षमा नारायण लम्साल निर्वाचित भएका छन् । उपाध्यक्षमा भोजेन्द्र खत्री, सचिव बलराम पन्थी, कोषाध्यक्ष नरबहादुर खड्का, सहसचिव हरि सुनार, सदस्यहरुमा बसन्त अर्याल, सन्तोष भण्डारी, नारायण विष्ट, सुजन नेपाली र बाबुराम सुनार निर्वाचित भएका हुन् । जसको सल्लाहकारमा रेशम विष्ट लगायत रहेका छन् । निर्वाचनका लागि लक्ष्मण भण्डारीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । जसको सदस्यहरुमा रामप्रसाद बेल्वासे, ईश्वरीप्रसाद कंडेल र भेषराज पन्थी रहेका थिए । अटो रिक्सा मेकानिक्सको हक हितका लागि भन्दै २०५४ साल साउन ४ गते विधिवत रुपमा सरकारमा दर्ता भई स्थापना गरिएको यो संस्थाको शनिबार रेसुङ्गा नगरपालिका र मालिका गाउँपालिकाको प्रथम अधिवेशन गरेको हो ।