Shittalpati
बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला

पाल्पा, तानसेनमा रहेको बेथल बोर्डिङ स्कुलमा लेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला गोेष्ठी गरेको हो ।
विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित समाचार लेखन सिप विकास सगँसंगै विभिन्न पत्रपत्रिका, पुस्तक, जर्नलमा लेख रचना लेख्न सक्षम बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको स्कूलले जनाएको छ ।

कार्यशालामा लेखक तथा प्रशिक्षक गोपालप्रसाद बस्यालले सहजिकरण गरेका थिए । प्रशिक्षक बस्यालले विद्यार्थीहरुलाई लेखक बन्ने तरिकाहरु, लेखन शैलीका ढाँचा, शब्द छनौट, लेख, समाचार लेखनका स्रोत पहिचान र संकलन, प्रस्तुतीकरणका शैली जस्ता विषयहरुको प्रशिक्षण संगै लेख लेखनको अभ्यास समेत गराएका थिए ।

लेख रचना सिर्जना गरी विद्यार्थीहरुको लेखनशैली अभिवृद्धि गर्नेसंगै भविष्यमा राम्रो लेखक बनेर आफ्ना कृतिहरु प्रकाशित गरप् जीवन्त रहने बाटोमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजन गरिएको विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले बताए ।
कार्यक्रममा विद्यार्थी बिशाल गैरे र सोफिया चिदीले आ–आफ्नो अनुभव व्यक्त गरेका थिए । क्लवका अध्यक्ष विदुषी रेग्मीको अध्यक्षता, साहित्य तथा प्रकाशन समितिका इञ्चार्ज ताराकुमारी रानाको धन्यवाद, क्लबका उपाध्यक्ष रञ्जना गाहाको स्वागत, सचिव बिशन गहतराजको सञ्चालनमा कार्यशाला गोष्ठी भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update