Shittalpati
नेल्टा पाल्पाको अधिवेशन, अध्यक्षमा बस्याल

तानसेन,नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको साधारण सभा तथा छैठौ अधिवेशन तानसेनमा भएको छ । संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । संघले कमलराज बस्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिप्रसाद घिमिरे, सचिवमा लोकेन्द्र थापा, कोषाध्यक्षमा अच्युतराज नेपाल, सह–सचिवमा इना रानालाई चयन गरेको छ । संघको सदस्यहरुमा खगेन्द्र बस्याल, मञ्जु कोइराला, संगीता पाण्डे, गोपाल ढुङ्गाना, बिजय अधिकारी र नारायण चापागाई रहकेका छन् ।
संघले अधिवेशनसँगै कार्यशाला गोष्ठी समेत सञ्चालन गरेको थियो ।अधिवेशनसँगै कार्यशालाको नेल्टा)का केन्द्रीय कोषाध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहायक प्रध्यापक अशोक सापकोटाले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले शिक्षक र प्राध्यापकहरुको पहिलो उत्तरदायित्व भनेको पेशागत व्यवसायिक दक्षता अभिवृद्धि गरी शैक्षिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको बताए थिए । सापकोटाले नेपालमा अंग्रेजीभाषा शिक्षण तथा प्रवद्र्धनमा नेल्टा जस्तो पेशागत संगठनले देशी तथा विदेशी विषय विज्ञहरुको सहयोगमा विभिन्न तालिम,कार्यशाला र सम्मेलनहरु सञ्चालनमार्फत अंग्रेजी भाषा शिक्षकहरुको ज्ञान सिप र अनुभवलाई निर्खानमा सहयोग पुर्‍याइरहेको धारणा व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि नेल्टा लुम्बिनी प्रदेश समिति सदस्य प्रेमकुमारी थापा र नेल्टा पाल्पाका पूर्व अध्यक्ष रामनाथ न्यौपानेले अंग्रेजी भाषा हरेक भाषाहरु मध्ये सबै भन्दा बढी उपयोगी र महत्वपूर्ण रहेकाले सबै व्यक्तिहरुमा अंगे्रजीभाषाको न्यूनतम अधारभूत ज्ञान हुनु नितान्तआवश्यक रहेको बताए ।

कार्यक्रममा शिक्षक महासंघका उपाध्यक्ष केशव के.सी., प्याब्सन पाल्पाका कोषाध्यक्ष गंगाबहादुर खत्री, रम्भा गाउँपालिका प्रतिनिधी गीता गौतम, शिक्षक नेतृ संगीता पाण्डे, सल्लाहकार उत्पलकुमार बज्राचार्य लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । संघका सचिव हरिप्रसाद घिमिरेले संस्थाको कार्यप्रगती तथा आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए । कार्यक्रममा रम्भा गाँउपालिका र रिब्दीकोट गाँउपालिकाले नेल्टाको वार्षिक कार्यक्रम अनुसार पालिकाका शिक्षकहरुको लागि तालिम कार्यशाला सञ्चालन गर्नमा आर्थिक सहयोग गरेबापत सम्मान गरिएको थियो । बेथलबोर्डिङ स्कुलतानसेनमा भएको कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष खेमबहादुर सारुको अध्यक्षता, उपाध्यक्ष कमलराज बस्यालको स्वागत र सचिव हरिप्रसाद घिमिरेको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update