
गुल्मी, गुल्मीको मुसिकोटमा रायमाझी बन्धुहरुले कूलका जेष्ठ सदस्यहरुलाई सम्मान गरेका छन् । मुसिकोटको पेगा र इस्मा रातडाँडाका रायमाझीहरुले चार जना कूलका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
रायमाझी कल्याणकारी समूह तथा रायमाझी कूल देवता समिति मुसिकोट नगरपालिका ३ गुल्मीले आफ्नो साधारण सभाको अवसरमा कूलका जेष्ठ अभिभावकलाई सम्मान गरेको हो । समितिले विगत लामो समयदेखि हरेक वर्ष कूलका जेष्ठ अभिभावकलाई सम्मान गर्दै आएको छ । यस समितिले कुलका जेष्ठ अभिभावक डिल कुमारी रायमाझी, सुवेदार मेजर शकर रायमाझी र मानबहादुर रायमाझीलाई सम्मान गरेको हो । पछिल्लो समय नेपाली समाजमा जेष्ठ नागरिक आफ्न्तबाटै अपहेलित र पीडित बन्दै गएका बेला रायमाझी बन्धुहरुले संस्कारयुक्त समाज निर्माण गर्न कूलका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम राख्दै आएको समितिले जनाएको छ ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा रायमाझी कुलदेवता समितिका जेष्ठ नागरिक मेघबहादुर रायमाझीले जेष्ठ नागरिकलाई गरेको सम्मान प्रशंसनिय रहेको बताए । समितिका विशिष्ट सदस्य डिल बहादुर रायमझीले रायमाझी बन्धुहरुलाई एक हुन आग्रह गरे । नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले जेष्ठ नागरिक समाजका पथप्रदर्शक रहेको भन्दै समितिले कूलका जेष्ठ नागरिकलाई गरेको सम्मान आफैमा अनुकरणीय र स्वागतयोग्य रहेको बताए । उनले रायमाझीहरुमा रहेको एकता नै उनीहरुको पहिचान रहेको धारणा व्यक्त गरे । पत्रकार रायमाझीले मुलुकमा विभिन्न जातजाती, भेषभूषा र धर्म मान्ने व्यक्तिहरु रहेकाले सबै एक ढिक्का भएर अगाडि बढे मात्रा समाज र देश बन्ने भएकाले पनि एकताको सन्देश प्रवाह गर्न रायमाझी बन्धुहरु थप एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । रायमाझीले सबै नेपालीहरु एउटै भएकाले घर परिवार समाजबाटै एकताको सन्देश दिन पहिला बन्धुहरु एक भएर जानु आवश्यक रहेको औल्याए । सम्मानित ब्यक्तित्व तथा मुसिकोट ३ का वडा सदस्य शकंर रायमाझीले आफुहरुलाई सम्मान गरेकोमा समितिलाई धन्यवाद दिए । उनले बन्धुत्वको भावना उजागर गरी अन्य समुदाय र वर्गलाई पनि एक शुत्रमा बाध्न रायमाझी बन्धुहरु उदाहरणीय र अनुकरणीय बनेको बताए । उनले रायमाझी बन्धुहरु मुद्दाको रुपमा नभई समाज र देशलाई एकताको शुत्रमा बाध्न एकतावद्ध भएर जान बन्धुहरुलाई आग्रह समेत गरे ।
समितिका अध्यक्ष प्रेम बहादुर रायमाझीले समितिलाई अझ मजबुद र सक्रिय बनाएर लैजान आफुहरु लागेको बताए । उनले रायमाझीमा परेको समस्या समाधानमा समिति कटिबद्ध भएर लाग्ने समेत धारणा व्यक्त गरे । ग्लोवल आईएमी बैंक तम्घास शाखाका प्रवन्धक योगेन्द्र रायमाझीले सम्मानित व्यक्तिहरुको शु स्वाथ्य लाभको कामना गर्दै बन्धुहरु बिचको मेलमिलाप अहिलेको आवश्यक रहेको औल्याए । समितिका विशिष्ट ब्यक्तित्वहरु ओमबहादुर रायमाझी, तुलसी रायमाझीले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
बन्धुहरुबाट आफुहरु सम्मानित हुन पाएको भन्दै सम्मानित व्यक्तिहरु उत्साहित भएका छन् । उनीहरुले उमेर ढल्कदै जाँदा एक्लो महशुस हुने भए पनि अहिले आफुहरुलाई बन्धुहरुको सम्मानले एक्लो महसुश नभएको बताए । समितिका अध्यक्ष प्रेम बहादुर रायमाझीको अध्यक्षता ,ग्लोवल आईएमी बैंकका तम्घास शाखाका प्रवन्धक योगेन्द्र रायमाझीको स्वागत ,मधुशुधन रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।