
रमेश विश्वकर्मा
गुल्मी, भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र भष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक अन्तक्र्रिया कार्यक्रम भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षता रहेको कार्यक्रममा सुरक्षा निकाय, कार्यालयका प्रमुखहरु, सामाजिक संघसंस्था, नागरिक समाज, मानव अधिकारकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले नेपालको भष्ट्रचारको अवस्थार नियन्त्रणका उपाय’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोख्ररेल, रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, जनता समाजवादी पार्टीका उपाध्यक्ष घनश्याम पाण्डे र राष्ट्रिय जनमोर्चाका हरिलाल न्यौपानेले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष रामचन्द्र पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए ।