Shittalpati
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य

पाल्पा, श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनः सुरेश कुमार कर्माचार्य चयन भएका छन् । संघको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले कर्माचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

संघको तीन वर्षे कार्यकालका लागि कर्माचार्यको नेतृत्वमा दश सदस्यीय कार्यासमिति गठन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा लोकबहादुर गाहा, प्रथम उपाध्यक्ष सिद्धिलाल शाही, द्वितीय उपाध्यक्षमा निलकण्ठ देवकोटा, सचिवमा हुमराज बस्याल, सहसचिवमा भरतबहादुर विक, रहेका छन् । यस्तै संघको अधिवेशनले सदस्यहरुमा ओमबहादुर विक, नुनबहादुर राना, राकेश साहनी र चित्रविर कुमाललाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष कर्माचार्यले संघलाई थप सशक्त र मजबूद बनाएर लैजाने बताए । उनले श्रमिक, मजदुर वर्गका हरेक समस्यामा संघ प्रतिवद्ध भएर लाग्ने जनाए । नेपालमा वृद्धा अवस्थामा समेत मजदुरी गर्नु पर्ने बाध्यता रहेको भन्दै अध्यक्ष कर्माचार्यले पाल्पामा ७० वर्ष भन्दा माथिका आमा, बुवाहरु समेत अझै श्रम र मजुर गर्दै आएको प्रति दुख व्यक्त गरे । उनले उनीहरुको समस्यालाई ध्यानमा राख्दै संघले वृद्धाभक्ता समेत सञ्चालनमा ल्याएको बताउदै आगामी दिनमा पनि त्यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । श्रमिक वर्गको क्षेत्रमा संघले उल्लेखीय काम गर्दै आए पनि तानसेन नगरपालिकाबाट नक्सा पासको झन्झटिलो प्रक्रियाका कारण भवन निर्माणको काम कम हुँदै गएको प्रति अध्यक्ष कार्मचार्यले दुख व्यक्त गरे । उनले निर्माणको काम कम हुँदै जाँदा निर्माणकर्मी र श्रमिकको पेशा नै धरापमा परेकाले यसतर्फ ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरे । नवनिर्वाचित सचिव हुमराज बस्यालले संघका गतिविधिहरुलाई थप रचनात्मक र श्रमिकमैत्री बनाउदै लैजाने बताए । उनले श्रमिक वर्गका समस्या र अधिकारका विषयमा संघ सधै क्रियाशिल रहेने समेत उद्घोष गरे ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update