Shittalpati
रिब्दीकोटले दियो अपाङ्गता भएका व्यक्तिलाई ल्यापटप

पााल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ल्यापटप दिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखाले दुईजना दृष्टि विहिन र एक जना शरिरको तलको भाग नचल्ने अपाङ्गताभएका व्यक्तिलाई ल्यापट दिएको हो ।

तीसौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर गाउँपालिकाले पूर्ण अपाङ्गता भएका तीन जनालाई ल्यापटप दिएको छ ।

गाउँपालिकाका उपध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशाशकिय अधिकृत प्रेमचन्द्र अर्यालले संयुक्तरुपमा उनीहरुलाई ल्यापट वितरण गरिएको हो । ल्यापट वितरण गर्दैै उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुको वृद्धि तथा क्षमता विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

फरक क्षमताभएका व्यक्तिहरुले पनि केहि गर्न सक्दछन् भन्ने हौसला दिलाउनका लागि गाउँपालिकाले रकम खर्च गरेर ल्यापटप वितरण गरिएको गाउँपालिका उपाध्यक्ष खनालले बताईन् । उनका अनुसार फरक क्षमता भएका व्यक्तिहरुले पनि प्रविधिको प्रयोग गर्न सक्ने भएकाले प्रविधिमैत्री बन्नका लागि भए पनि उनीहरुलाई ल्यापट दिइएको हो ।

गाउँपालिकाका प्रवक्ता बिष्णु खनालले फरक क्षमताभएका यस्ता व्यक्तिहरुको वृद्धि र क्षमता विकासका लागि गाउँपािलकाले सहयोग गरेको बताउदै उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले यसको अन्त्यका लागि पनि गाउँपालिकाले सहयोग गरेको बताए । दृष्टि विहिन कुशल आचार्यले स्थानीय सरकारको यस्तो कार्यले फरक क्षमताभएका व्यक्तिको आत्म सम्मान सहित भविष्यमा पाउने अवसरलाई उपयोग गर्न सकिने बताए । गाउँपालिकाले दृष्टि विहिन सम्ंझना थापा, कुशल आचार्य, शरिरको तलको भागनचल्ने गोकुल कुंवरलाई ल्यापटप दिएको हो । यसै गरी गाउँपालिकाले कालिका आधारभुत विद्यालयमा अध्यनरत अपाङ्ग बालिकाको पठन–पाठनमा सहयोग पुगोस् भनेर ह्विलचियर वितरण गरिएको गाउँ शिक्षा अधिकारी मणि खनालले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update