Shittalpati
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी सहचालक बगनासकाली गाउँपालिका–२ का २१ वर्षीय हिरा कुमाल भने घाइते भएका छन् । उनको भित्री शरिरमा चोट बढी नै लागेकाले अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update