छोराको कुटपिटबाट आमाको मृत्यु

पाल्पा, पाल्पाको रिब्दिकोट गाउँपालिका ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ६२ वर्षकी मेनु सारूलाई आफ्नै छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो ।
४३ वर्षका आफ्नै जेठा छोरा कृष्ण बहादुर सारुले मादक पदार्थ सेवन गरी सालको लठ्ठीले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । छोरा कृष्णबहादुर साहरूलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्