Shittalpati
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो

पाल्पा, जिल्लाको रामपुरमा नहरले बगाउँदै ल्याएको अवस्थामा एक युवकको शव भेटिएको छ । रामपुर फाँट सिंचाई योजनाको नहरले बगाउदै ल्याएको अवस्थामा रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको शव भेटिएको हो ।

मानसिक अवस्था ठिक नभएका ठकुरी ५ गतेदेखि घरबाट कसैलाई खबर नगरी निस्किएका थिए । उनी हराएपछि खोजी गर्दा नहरमा बगाएर ल्याएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update