Shittalpati
इस्लामिक सक्रिय युवा समाजले राख्यो रामपुरमा सडक बत्ती

 इमान सिं राना
पाल्पा(रामपुर),इस्लामिक सक्रिय युवा समाज रामपुर ४ ले विभिन्न स्थानमा सडक वत्ती जडान गरेको छ । बेझाँड बजार, बाङ्गेपसल सदावर्त सडक खण्डको इस्लामपुरदेखि भीमसेन टोल सम्मका १२ स्थानमा सडक बत्ती जडान गरेको हो । खेलकुदसंगै सामाजिक विकासमा लाग्दै आएको सामाजले टोललाई उज्यालो प्रदान गर्नुका साथै रातको समयमा हुन सक्ने घटना न्यूनिकरणको लागि सडक वत्ती जडान गरेको हो । इस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकत अलीले भ्रमण वर्ष सन २०२० सफल पार्न तथा अंध्यारोका कारण हुन सक्ने दुर्घटना न्यूनिकरणको लागि बत्ती जडान गरिएको बताए । उनले २५ हजारको लागतमा जडान कार्य भएको बताए । क्लवले यस अघि ट्राफिक सचेतना बोर्ड राख्ने तथा डष्टविन राख्ने कार्य समेत गरेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update