Shittalpati
रामपुरमा मृत अवस्थामा पुरुष फेला

पाल्पा,  जिल्लाको रामपुर नगरपालिका ४ बडेमानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नवलपरासी रामग्राम नगरपालिका १८ पण्डितका ५७ वर्षीय शंकर प्रसाद हरिजन मृत अवस्थामा फेला परेका हुन् ।

गत बिहीबारदेखि बडेमानमा फलबहादुर सेनको घरमा बास मागी बसेका हरिजनको शनिबार विहान मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक हरिजन शनिबार घर फर्किने भनेकोमा उनी सुतेको कोठामा गई हेर्दा मृत अवस्थामा फेला पारिएको रामपुर प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update