Shittalpati
एनबिआरद्वारा अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि सहयोग

पाल्पा, सामाजिक सञ्जालमार्फत सक्रिय सामाजिक संस्था एनविआर(नेपलीज ब्रदर्श रूम)ले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि आर्थिक र श्रमदान गरेको छ । एनविआरले देश तथा विदेशमा रहेका दाजुभाईहरुबाट संकलित १ लाख ६७ हजार ३ सय ९९ आर्थिक र एक दिने श्रम दान गरेको हो । देशका विभिन्न जिल्लामा सक्रिय एनबिआरका पदाधिकारहिरुले रंगशाला निर्माणका अभियान्ता तथा हास्य कलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई चितवन पुगी उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा एनबिआर पाल्पा, बुटवल, चितवन लगायत अन्य जिल्लाका सदयस्हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एनबिआरका शिव थापाले समाजको आवश्यकता अनुसारको सकरात्मक सन्देश दिने ,सामाजिक विकास संगै विपद व्यवस्थापनका क्षेत्रमा आफुहरुले मत्वपूर्ण कार्य गर्दै आएको बताए । उनले बाढी, पहिरो, हावाहुरी आदि जस्ता प्राकृतिक प्रकोप पछिको राहत तथा उद्धारका लागि एनबिआरले निस्वार्थ रुपमा विभिन्न गतिविधि सञ्चान गर्दै जानकारी गराए । धुर्मुश सुन्तली फाउन्डेसनका कुञ्जना घिमिरेले जनस्तरको संयोजनमा चितवनमा बन्न लागेको रंगशाला निर्माणका लागि एनबिआरले गरेको सहयोग अनुकरणीय रहेको भन्दै संस्थालाई धन्यवाद दिईन ।

एनबिआर विगत केही बर्षदेखी सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न सामाजिक सेवाको कार्यमा समर्पित रहँदै आएको छ । व्यक्तिमा रहेको मानवियताको गुणलाई प्रस्फुटन गर्ने गरी विश्वभरी छरिएर रहेका नेपाली युवा, दाजुभाइहरूलाई एकत्रित गरी स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिस्तरसम्म नै आपसी भाइचाराको सम्बन्ध कायम गर्दै गराउँदै समग्र नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत समग्र विकासकामा एनबिआरले महत्वपूर्ण योगदान पुर्‍याउदै आएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update