Shittalpati
भिमसेन टोलविकास संस्थाको अध्यक्षमा पुनः गोङ्गल

पाल्पा,  तानसेन नगरपालिका ६ मा रहेको भिमसेन टोलविकास संस्थाको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । संस्थाको तानसेनमा भएको दोस्रो अधिवेशनले अध्यक्षमा गोङ्गललाई सर्वसहमत रुपमा चयन गरेको हो । संस्थामा इमान्दार, निष्ठावान र पारदर्शी तवरबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले उनलाई पुन अध्यक्षमा चयन गरिएको संस्थाले जनाएको छ । अधिवेशनले संस्थाको उपाध्यक्ष पुतली देवी शाक्य, कोषाध्यक्ष सदिस मान श्रेष्ठ, सचिव बीरेन्द्र काजी शाक्य, सह–सचिव जिना महर्जनलाई चयन गरेको छ ।

जसको सदस्यहरुमा सरोज लाल शाक्य, मिलन कुमार बज्राचार्य, विनय राज बज्राचार्य, शुसन कुमार बज्राचार्य,प्रतिक्षा बज्राचार्य, रिना शाक्य रहेका छन् । त्यस्तै सलाहाकारहरुमा राम मान श्रेष्ठ, पूर्णमाया महर्जन, शोभा शाक्य, ज्ञानेन्द्र मान श्रेष्ठ, ६ का वडा अध्यक्ष सागर मान महर्जनलाई चयन गरेको संस्थाले जनाएको छ । नवनिर्वाचित अध्यक्ष गोङ्गलले अगामी दिनमा संस्थाको विकासमा थप सशक्त भएर लाग्ने प्रतिवद्धता जनाए । उनले टोलका हरेक विकासका काममा नगर सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । अध्यक्ष गोङ्गलले टोल भित्र रहेका भिमसेन मन्दिर, बटुक भैरव मन्दिर, सरस्वती मन्दिर लगायतका धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गरी टोललाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा चिनाउने वाचानालयलाई थप व्यवस्थित गरी दिगो व्यवस्थापन गर्न आफुहरु लाग्ने बताए ।

टोलविकास संस्थाले यस अघि गोङ्गलको नेतृत्वमा टोल भित्र अव्यवस्थित रुपमा रहेका विद्युत्का पोलहरुलाई व्यवस्थित गर्ने,अव्यवस्थित रुपमा रहेको ढललाई व्यवस्थित गर्ने, खानेपानीका पाइपको व्यवस्थापन, महिला सशक्तिकरणका लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन,जेष्ठ नागरिकहरुलाई सम्मान, धार्मिक स्थलहरुको संरक्षण, वाचानालय स्थापना, टोल सरसफाई जस्ता महत्वपूर्ण सामाजिक कार्यहरु भएका थिए । टोलविकास संस्थालाई तानसेनकै नमूना टोलविकास संस्थाको रुपमा अगाडि बढाउन गोङ्गलको नेतृत्वमा रहेको टिमले महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ ।

तानसेन नगरपालिकाले सरसफाईमा उत्कृष्ट कार्य गरेको भन्दै भिमसेन टोलविकास संस्थालाई यस वर्ष पुरस्कृत समेत गरेको छ । अधिवेशनमा नवनिर्वाचित कार्यसमितिलाई संस्थाका सल्लाहाकार शोभा शाक्य र पूर्णमाया महर्जनले टीका लगाई सफलताको कामना गरेका थिए । कार्यक्रम संस्था कि महिला उप –समिति अध्यक्ष पुतली देवी शाक्यको स्वागत,सदिस मान श्रेष्ठको धन्यवाद, बिरेन्द काजी शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update