Shittalpati
प्रमुखविहीन पाल्पाको खानेपानी कार्यालय

पाल्पा, प्रदेश सरकार मातहतमा रहेको पाल्पाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयका तत्कालिन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको हो ।

यहाँ कार्यालय प्रमुख नभएपछि दैनिक कामकाज समेत ठप्प भएको छ । महिना दिन भन्दाबढी हुँदा समेत नयाँ कार्यालय प्रमुख नआउँदा यहाँका सबै कामकाज ठप्प छन् । ‘हाकिम साब’ अवकास हुनुभयो, अर्को हाकिम साब आउनुभएको छैन, एक महिना भन्दा बढी भयो कामकाज ठप्प छ’, एक कर्मचारीले दैनिकी सुनाउँदै भने ।

प्रदेश सरकार अन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँची जिल्लामा खानेपानीको योजनाहरु सञ्चालन गर्दै आएको छ । कार्यालय प्रमुख नहँुदा गत साउनदेखि नै सम्पन्न योजनाको रकम समेत भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिक सकियो अन्तिम चौमासिकको समयमा स्थानीय निकायको निर्वाचन हुन्छ । पहिलो आर्थिक वर्ष सकिदाँसम्म सरकारले कार्यालय प्रमुख पठाउन नसक्नु दुखद् कुरा हो । अब काम नभए कहिले हुन्छ ? फागुन चैतमा निर्वाचनको प्रक्रियाले पनि काममा विलम्ब हुने निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण नेपालले बताए । गत वर्ष नाँप जाँच गरेको करिव ४ सय घर परिवार लाभान्वित हुने रामपुर नगरको खयरबोट खानेपानी योजनाको कार्यालय प्रमुख नहुँदा अहिलेसम्म योजना सुरु हुन नसकेको स्थानीय बालकुमारी रानाले बताईन् । लामो समयदेखि कार्यालय प्रमुख नहुँदा दैनिक कार्य सम्पादनदेखि कार्यालयमा कार्यरत कर्मचारीहरुले समेत तलब खान पाएका छैनन् । हाकिम साब नहुँदा तलब समेत पाउन नसकिएको कार्यालयका कर्मचारी बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update