Shittalpati
एसइईमा प्रदेश पाँचबाट ८१ हजार विद्यार्थी सहभागी हुँदै

हाम्रा संवाददाता
बुटवल । आगामी चैत्र ६ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रदेश पाँचबाट ८१ हजार ४ सय १ जना परिक्षार्थी सहभागी हुँदैछन् । प्रदेशका १२ वटै जिल्लाबाट नियमिततर्फ ७६ हजार ६ सय १८ जना, प्राविधिक तर्फ २ हजार १ सय ३१ जना तथा ग्रेड वृद्धिका लागि २ हजार ६ सय ५२ जना विद्यार्थी परिक्षामा सहभागी हुन लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चैत्र १७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईईमा ९ जना दृष्टिविहिन, १३ जना वहिरो अपाता भएका विद्यार्थी तथा शारीरिक अपाङ्गता भएका २ गरी २४ जना विशेष क्षमताका विद्यार्थी सहभागी हुने भएका छन् । यस्तै तीन जना तेस्रो लिङ्गीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि ३ सय २१ परिक्षा केन्द्र तोकिएको छ । यसैगरी परीक्षा सञ्चालनका लागि ३ सय २१ जना परीक्षा केन्द्राध्यक्ष, ४ सय ११ जना सह केन्द्राध्यक्ष, ४ हजार ७० जना निरिक्षक, ८ सय १४ जना परीक्षा सहायक, ४ हजार ८ सय १५ जना सुरक्षाकर्मी तथा १ हजार ६ सय २८ जना कार्यालय सहायक गरी कूल १२ हजार ५९ जना जनशक्तिको आवश्यकता पर्ने मन्त्रालयले जनाएको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले परीक्षालाई मर्यादित, सफल र विद्यार्थीहरुमा भयरहित वातावरणमा सञ्चालन गर्नका लागि सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update