Shittalpati
यामाहाले ल्यायो  इण्डोनेसियाबाट ‘एनम्याक्स १५५’

काठमाडौं (एजेन्सी), नेपालका लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले यामाहाको एनम्याक्स १५५ ल्याएको छ । एनम्याक्सलाई एमएडब्लुले केही विशेष ग्राहकहरुको मागमा इण्डोनेसियाबाट ल्याएको हो । विश्वव्यापी रुपमा अत्याधिक लोकप्रिय यामाहा एनम्याक्स, पावर बाइकको र सुविधा स्कूटरको अपेक्षा गर्ने व्यक्तिहरुका लागि एक अत्यन्त उपयुक्त स्कुटर सावित भैसकेको छ ।

यो सवारीमा प्रिमियम डिजाइन र सुविधाको अनुभव संगाल्न सकिन्छ । यसमा फ्युल इन्जेक्टेड इन्जिनको साथमा यामाहाको अत्याधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो नवीनतम डिजाइनको लक्ष्य बाइकको दहन र चिसोपन दक्षता वृद्धि गर्न तथा, साथै सोही समयमा पावर क्षति कम गराउँदै उच्च द्रुत गतिसहितको तीव्र बेग र इन्धनको खपत कम गर्नमा केन्द्रित छ । स्कूटरमा दिइएको स्लीक ढाँचाको स्पोर्टी बनौट र प्रिमियम डिजाइन हाम्रो स्पोर्टी स्कूटरहरुबाट अत्यन्त प्रभावित भएको पाइन्छ ।

एनम्याक्स १५५ एक अत्यन्त मजबुत र हल्का तौलको ट्युबलर फ्रेमका साथ निर्मित छ, जसले स्पोर्टी सवार र सहज ह्याण्डलिङ का साथ स्थिर ह्याण्डलिङ प्रदान गर्दछ । दोहोरो सक रियर सस्पेन्सन प्रणाली र मिहीन कार्यको टेलिस्कोपिक फ्रन्ट फोक्र्स, उच्च विशिष्टिकरण च्यासिस जस्ता विशेषताहरुले यो सुनिश्चित् गर्नुको साथै यात्रा गर्नेलाई हरेक पटकको सफरमा सुविधा दिलाउँछ । सार रुपको एनम्याक्स १५५ अति कसिलो पार्किङ स्थलमा समेत फिट हुनेछ र अझै बाहिरी भागमा सानो भएको हुनाले चालकको गोडा राख्न र यात्रुको लागि प्रशस्त स्थानसहितको आश्चर्य चकित पार्ने ठाउँहरु फेला पार्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update