Shittalpati
व्यवसायीलाई कर शिक्षा

गुल्मी, जिल्लाका व्यवसायीहरुका लागि कर सम्बन्धी शिक्षा दिइएको । कर शिक्षा सम्बन्धी जानकारी नहुँदा व्यवसायीले समस्या झेल्नु परेकाले सचेतनाका लागि कर शिक्षा दिइएको हो । तम्घासमा भएको कर शिक्षा कार्यक्रममा व्यवसायीलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।

आन्तरिक राजश्व कार्यालय बुटवलको आयोजना र गुल्मी उद्योग बाणिज्य संघको समन्वयमा तम्घासका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो । व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत सागर पोखरेलले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विभिन्न जानकारी गराएका थिए । व्यवसायीहरुले कर सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । उनिहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए । व्यवसायीहरुले राखेको जिज्ञासामा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुव पाण्डेले व्यवसायीलाई आफुले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गरे । उनले व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु प्राथामिकता रहेको बताए । आफ्नो व्यवसायको कर अधिकृत स्वंय आफै रहेकाले करसम्बन्धी जानकारी आफैले लिनुपर्ने पाण्डेको भनाई छ । करका विषयमा अझै पनि गलत भ्रम रहेकाले त्यसलाई चिरी करको दायरामा आउदा हुने फाइदाको बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो । व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अत्य गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आवश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरी राख्नु पर्नेमा जोड दिए । जिल्ला भरका व्यवसायलाई शुस्म तरिकाले अनुगमन गर्न लागिएको बताए । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्य रहेको रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीले बताइन् । उनले आफनो व्यवसाय गर्दा दर्ता नविकरणदेखि राजस्व सम्बन्धी ज्ञान पनि हुनुपर्नेमा जोड दिइन् । व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरे व्यवसाय दर्ता, नविरकण र अनुगमनको बारेमा जानकारी गराएका थिए । कर शिक्षाप्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्याहरुमा सहज हुने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । कर सम्बन्धी आइपर्ने समस्याहरुको बारेमा धेरै जिज्ञासाहरु आउने गरेकाले बेला बेलामा गुल्मी उद्योग बाणिज्य संघले करदाता शिक्षा कार्यक्रम गर्दै आएको संघका महासचिव ताराप्रसाद भुसालले बताए । –अनिल खत्री

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update